तनहूँमा रामचन्द्र पौडेलको गुट समाप्तः न बैकुण्ठ आफ्ना रहे न जितप्रकाश आफ्ना भए

  • ख-
  • ख+

तनहूँमा एकै स्वरमा बैकुण्ठ न्यौपानेको पक्षमा बोल्ने पंक्ति तयार भईसकेको छ जस्ले बैकुण्ठ न्यौपानेको अब भिन्नै समुह बनाउने छ त्यो समुह तनहूँ कांग्रेसको सबैभन्दा बलियो गुट हुनेछ जस्ले भन्दैछ ” पिर नमान्नुस् बैकुण्ठसर अब पौडेलदाई भनेर बसिदैन, हामी अब अरुको पछि होईन तपाईको पछि लाग्छौ । हामी हाम्रै समुह बनाउनुपर्छ । अगाडि बढ्नुस् बैकुण्ठसर हामी तपाईको साथमा छौ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उहाँको निवास जाने जिल्लाका प्रायश नेता, कार्यकर्ता तथा उहाँका आफन्तहरुको एउटै गुनासो हुन्छ ”बैकुण्ठ न्यौपानेले पार्टी राम्रोसग चलाउनुभएन , कसैसग राम्रोसग समन्वय गर्नुभएन , बरु उहाँले जोशी (नेपाली कांग्रेसका पूर्व सह महामन्त्री) का कार्यकर्ताको काम गरिदिनुहुन्छ हामीलाई देखिसहनुहुन्न , यसो काम लिएर गयो खेदो खन्नुहन्छ । यसरी कसरी हुन्छ ? हजुरले केहि भन्नु पर्यो ।” ”होईन के गर्ने त नि के गर्ने मैले ? ‘‘नेता रामचन्द्र पौडेलको उत्तर आउछ । ”हजुरले अलि सम्झाउनुपर्यो उहाँ नै पार्टी सभापति, उहाँ नै व्यासको मेयर यस्तो हुदाँ नि हामीलाई केहि छैन” धेरैको गुनासो सुनिन्छ ।” नगरपालिकामा बाटो खनेकै छ , काम पनि गरिराछन् नि त्यसै तिमीले भनेको जस्तो हुन्छ र ? अनि के गर्नुपर्यो त नि बैकुण्ठले तिमीलाई ? खेति किसान गर्ने , बाउआमा पाल्ने, गाउँमा बसुँ बसुँ बनाउछु भन्नु छैन खाली अरुले गरेनन् रे ? रामचन्द्र पौडेलका मान्छेको काम गर्न भनेर मेयर बनेका हुन् र ति ? सबैको काम गर्नुपर्यो नि तिनले ”पौडेलको जवाफ आउछ । ” हजुरलाई त जति सम्झाए पनि नमान्ने , हजुर जस्तो मान्छेले चुनाव हार्दै नहार्ने हो त्यो त सब् ….चुनावमा आफु चाँहि जित्ने तपाईलाई हराउने’‘ कार्यकर्ता मनभरिको वितृष्णा ओकल्छन् । ”ल ल छोडिदेउ ति कुरा, खाली यस्ले नराम्रो गर्यो उस्ले नराम्रो गर्यो भन्ने, को छ त नि त्यहाँ जिल्लामा मलाई साथ दिने बैकुठभन्दा गतिलो ? उ जत्तिको काम गर्ने अरु कोहि भेटिदैन, म के गर्ने तनि ? ” सम्वाद काल्पनिक भएपनि माथि उल्लेखित सम्वादहरु पौडेल निवास बोहोराटारतिर भ्रमण गर्दा सुनिने गरेका जानकारहरु बताउने गर्नुहुन्छ ।

नेता तथा कार्यकर्ताका तिनै कुराहरुलाई मध्यनजर गर्दै यसपटक तनहूँ जिल्लाको पार्टी सभापतिमा जितप्रकाश आलेलाई जिल्ला पार्टी सभापतिमा अगाडि बढाउने र अघिल्लो पटकको संसदिय निर्वाचनमा नेपाली कांग्रेसकै सह महामन्त्री गोविन्दराज जोशीको कारण क्षेत्र नं. १ मा पराजित हुनुपरेको यसपटक जितप्रकाशलाई सभापति बनाएपछि क्षेत्र नं. २ आफ्नो भाग्य परिक्षा अजमाउन सजिलो हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको बिष्लेषण थियो । त्यसो गर्न सकेको खण्डमा बैकुण्ठ न्यौपानेलाई पनि अंकुश लगाएजस्तो हुने त्यसैले जिल्ला अधिवेशन शुरु हुनुभन्दा केहि महिना अगाडिदेखि नै जिल्ला सभापति एवं व्यासका प्रमुख बैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आलेलाई पटक पटक डाँकेर छलफल समेत गर्नुभएको थियो , भन्नेहरु त कतिसम्म भन्छन् भने पौडेलपुत्र चिन्तनको पनि उक्त कुरामा निकै जोडबल रहेको थियो । तर पुनः पार्टी सभापति भएर ‘‘जिल्लालाई फेरि कांग्रेसको किल्ला बनाउने ” बैकुण्ठ न्यौपानेको चाहना र ”सधै कति यस् म्यान मात्र बन्ने एकपटक त म बन्छु जिल्ला सभापति ‘‘ भन्ने संस्थापनपक्ष बिशेष गरि केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रिय सदस्य गोविन्द भट्टराई र आमन्त्रित केन्द्रिय सदस्य ध्रुव वाग्ले ( ३ भाई) बाट दरिलो साथ पाउनुभएका जितप्रकाश आलेको अठोटले गर्दा रामचन्द्र पौडेलको सपनाले मुर्तरुप लिन नै पाएन । ३ भाईको साथले जितप्रकाश आले यति हौसिन पुग्नुभयो कि रामचन्द्र पौडेलले राष्टिय सभाको लोभ देखाएपनि मान्नुभएन र बैकुण्ठ न्यौपानेसगको भिडन्तमा सजिलै बाजि मार्न सफल हुनुभयो ।

जिल्ला अधिवेशनको समाप्तिसगै जितप्रकाश आलेलाई आफ्नो गुटबाट सभापति बनाएर जस लिने र बैकुण्ठ न्यौपानेलाई अंकुश लगाउने पौडेलको सपना तुहिएको मात्र छैन तनहूँमा देखिएको पौडेल गुट लगभग लगभग अन्त्यको चरणमा गुज्रिरहेको छ । पौडेलले हिजो अंकुश लगाउन खोजेका बैकुण्ठ न्यौपानेले साथ नदिने हो भने वरिष्ठ नेता भनेर सद्भाव देखाउने कार्यकर्ताभन्दा पौडेलदाई भनेर पछि लाग्ने मानिसहरु तनहूँमा अब लगभग लगभग देख्न नपाईने अवस्था श्रृजना भएको छ । हिजो म त रामचन्द्र पौडेलको भित्रिया भन्ने मान्छेहरु आज ‘‘म त कहिल्यै पौडेलको मान्छे होईन नि ” भनेर खुलेआम भन्न थालिसकेका छन् ।

त्यसै त हिजो कांग्रेसकै नेता गोविन्दराज जोशी पक्ष लड्न नसक्नुभएका पौडेललाई आज बुढेशकालमा जितप्रकाशलाई सभापति बनाएर हौसिएका ३ भाईको समुहसग लड्न निकै नै कठिन हुने भएको छ भने अर्कोतर्फ ”अब पौडेलदाईको पछि लागेर केहि हुनै सक्दैन अब आफ्नै गुट बनाउनु पर्छ ” भन्ने बैकुण्ठ न्यौपाने नजिकका मानिसहरुको चाहनाले पनि पौडेल गुट तनहूँमा ध्वस्त प्राय हुने चरणमा पुगेको छ । हुन पनि अब बैकुण्ठ न्यौपानेपक्षका नेता तथा कार्यकर्ताले निर्वाचनमा पराजयपछि ”पौडेल पक्षको भनेर जिल्लामा पछारिहालियो , संस्थापन पक्षमा जाँउ भने ३ भाईले ढिम्किनै दिदैनन् , पौडेल पक्ष अब जिल्लामा उठ्ने सम्भावना छैन बरु तनहूँ क्षेत्र नं. २ का केन्द्रिय सदस्य प्रदिप पौडेलको साथ र सद्भाव लिएर आफ्नो भिन्नै गुट बनाईयो भने जिल्लामा चुनाव जित्ने ल्याकत नराखे पनि निर्वाचनमा वार्गेनिगंको ल्याकत राखिन्छ । फेरि वडादेखि, प्रदेश र क्षेत्रिय सभापतिसम्म पनि आधाआधी त बैकुण्ठ न्यौपानेले जे भन्यो त्यहि मान्ने नेतृत्व पंक्ति छ । पूर्वमन्त्री हुँदा त गोविन्दराज जोशीको त्यत्रो विगविगी छ निवर्तमान् पार्टी सभापति, मेयर, वडा, प्रदेश र क्षेत्रिय सभापति पनि आधाआधै हुँदा किन हार मान्ने ? पार्टीको निर्वाचनपछि तारासगै जुन…. भन्दै विभिन्न गीतहरु गाउनेलाई आगामी निर्वाचनमा हामी चाहिदैन र ? के हामीलाई पनि जिल्लामा गोविन्दराज जोशीलाई जस्तै एक्ल्याएर जाने सम्भावना छ र ? ” जिल्ला अधिवेशनमा पराजित सभापतिका उमेदवार बैकुण्ठ न्यौपाने पक्षका सबैले बैकुण्ठ न्यौपानेलाई ”जस्तो मुल्य चुकाउन परे पनि साथ दिने ” बताएको साथै अघोषित समिक्षा बैठकमा सबैले भन्नुभएको विश्वस्त श्रोतबाट सूचना प्राप्त भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार उक्त समिक्षा बैठकमा विजयी वा विभिन्न अधिवेशनमा पराजित प्रतिनिधिहरुले एकै स्वरमा भनेका छन् ‘‘पिर नमान्नुस् बैकुण्ठसर, अब पौडेलदाई भनेर बसिदैन, अब हामी अरुको पछि होईन तपाईको पछि लाग्छौ । हामीले हाम्रै समुह बनाउनुपर्छ , अगाडि बढ्नुस् बैकुण्ठसर हामी तपाईको साथमा छौ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्