तनहूँ / नेपाली कांग्रेस तनहूँका सभाति जितप्रकाश आले काठमाण्डौ आयोजना भएको रामचन्द्र पौडेल पक्षको भेलामा सहभागी बन्नुभएको छ । काठमाण्डौको बत्तिसपुतलीमा भएको संस्थापन ईतर समुहको बैठकमा उहाँ सहभागी बन्नुभएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापनईतर पक्षबाट वर्तमान सभापति शेरवहादुर देउवा विरुद्ध साझा उमेदवार चयन गर्न जुटेको बैठकमा आलेको उपस्थितिलाई धेरै आलेले संस्थापन पक्षको उमेदवारको रुपमा जिल्ला सभापति बनेपछि गुट परिवर्तनको रुपमा बुझेका छन् । यस बारेमा बैठक सकिए पश्चात खाना खान लाग्नुभएका आलेसग सम्पर्क गर्दा ‘‘रामचन्द्र पौडेलको शुभेच्छुक रहेकोले सहभागी भएको’‘ बताउनुभएको थियो । तपाईले गुट फेर्नुभयो भन्ने चर्चा छ नि भन्ने प्रश्नमा ”शुभेच्छुक भएर आएको हो” भन्नुभयो साथै ”अब संस्थापन पक्षले बोलाउनेआफ्ना पक्षका सभापतिहरुको बैठकमा जानुहुन्छ कि नाई ”भन्ने प्रश्नमा ”अब के को लागि बैठक डाँक्नुहुन्छ त्यसमा भरपर्ने ” बताउनुभएको छ ।
तनहूँ भने पौडेल निकट उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरि जितप्रकाश आलेलाई जिल्ला सभापति बनाउन विजयी देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई र ध्रुव वाग्ले कस्सिएर लाग्नुभएको थियो । आले यसअघि पौडेल पक्षमा रहे पनि महाधिवेशनबाट सभापति बन्ने बेला संस्थापन पक्षको उम्मेदवार बन्नुभएको हो ।
आफ्ना पक्षका भनिएका जिल्ला सभापति पौडेल पक्षको बैठकमा सहभागी भएको बारेमा देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई र ध्रुव वाग्लेको कुनै प्रतिक्रिया आएको छैन ।








