शेरबहादुर देउवालाई पार्टी सभापति बनाउन तनहूँका शिक्षक नेताको अनुरोध !

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेस महाधिवेशनको संघारमा भईरहेको बेला दलीय राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालत पाटनले आदेश दिएको छ त्यसैक्रममा तनहूँका शिक्षक संघका एक नेताले आफ्नो फेसबुकमा लामो पोष्ट लेख्नुभएको छ प्रस्तुत छ उहाँको स्टाटस जस्ताको तस्तै र स्टाटसको अन्तमा cp लेखिएको पनि जानकारी गराउदछौ ।

मेरो अनुरोध
शेरबहादुर देउबालाई फेरी पनि सभापती निर्वाचित गराऔ !
सिटौलाको आशीर्वाद देउवालाई छदैछ २३ सिटेमा झरेको कांग्रेस,अली अली बचे खुचेको कांग्रेस शक्तिलाई भताभुङ्ग पार्नको निम्ति,फेरी एकपटक देउबालाई नै सभापतीमा अत्याधिक मतले निर्वाचित गराउनुपर्छ। कांग्रेसमा देउबा जतीको नेतृत्वको लागि सक्षम अरु पात्र अरु कोही पनि छैनन्। हामी कांग्रेसमा लागेर चाकडी गर्ने बानी परेकाहरुको लागि देउबा भगवान हुन्। भगवानको विरुद्ध कोही पनि नबोलौ,एमालेको चितवन अधिबेशन बाट सिकौं , ज्योतिषले भनेजस्तै ७ पटक प्रधानमन्त्री उहाँलाई नै बनाउन पर्छ। अहिले चिट्टाको प्रधानमन्त्री नै भएपनि अझै २ पटक सम्म उहाँलाई प्रधानमन्त्री बनाउनै पर्छ त्यसैले उहाँले फेरी पनि सभापतीमा जित्नै पर्छ , सत्ता र शक्ति अनि साम दाम दण्ड भेद सबै गरेर उहाँलाई जिताउनै पर्छ। पार्टीका भातृसंस्था,शुभेच्छुक संस्थाहरुको म्याद देउवाका मान्छेलाइ मात्र आजिबन थप्दा कचकच नगरौ। उहाँलाई आजिबन सभापति र प्रधानमन्त्री बनाइदिउ। चाकडी गर्नेहरु लाई रिसाउन नपारौँ। चिट्टा प्रधानमन्त्री सहित जोड्दा बल्ल ५ पटक हुनुभयो। बल्ल एकपटक पार्टी सभापती हुनुभो। उहाँ नमरुन्जेल सभापती उहाँ नै हुनुपर्छ। पार्टी सभापति देउबा नेतृत्वको बिरोध गर्नेहरु कांग्रेस नै होईनन्। पौडेल,कोइराला, प्रकाशमान गुटका मान्छेहरु बढी ल्याङ(ल्याङ नगरौ , हामीहरुको सभापतीको बिरोध गर्ने हैसियत छैन,उहाँ हाम्रो भगवान हो! भगवानको बिरोध गर्यौ भने खबरदार! केपीले जस्तै सखाप पार्ने निश्चित छ । बालकृष्ण शरणम ! प्रकासशरणम !! गोपालमान ! मम !! ,जय आरजु माता, देउबा भगवान बिजयी भवम् ! तथास्थु !! cp

(नरेन्द्र न्यौपानेको फेसबुकबाट)

( नरेन्द्र न्यौपाने, नेपाल शिक्षक संघ तनहूँको आर्थिक बिभागको सचिव हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्