” रामचन्द्र दाईलाई यसपटक सभापति कसरी नबनाउने कसले हो हामी पनि हेरम् त ? रामचन्द्र दाईलाई सभापति नबनाउने हो भने हामी पनि देखाईदिन्छम् ।”
तनहूँ । हुन त २०२३ सालमा तनहूँ कांग्रेसको गठन हुदाँदेखि नै रामचन्द्र पौडेललाई जिल्ला कमिटीमा राखिएको थिएन । जब विपि कोईरालाको हातमा तनहूँ कांग्रेसको लिष्ट पुग्यो विपि कोईरालाको गोर्वद्धन शर्मा र गोविन्दराज जोशीसग भन्नुभएको थियो ”खोई त रामचन्द्र पौडेलको नाम ? उन्को नाम पनि जिल्ला कमिटिमा राख्नु अनि ल्याउनु” त्यसपछि मात्र रामचन्द्र पौडेल तनहूँ कांग्रेसको जिल्ला कमिटिमा छिर्न सफल हुनुभएको थियो त्यसैको तुसले होला आजसम्म पनि त्यतिवेलाका सहयात्री वा सहयात्री परिवारका सदस्यसग उहाँको सुमधुर राजनीति सम्बन्ध रहेको पाइदैन र त्यो सम्बन्धलाई सुमधुर बनाउन उहाँले पनि कहिल्यै प्रयास गरेको पाईदैन ।
त्यसो त पंचायतकालमा होस् वा प्रजातन्त्र प्राप्ति पश्चात तनहूँ जिल्ला नेता उत्पादनको थलोको रुपमा परिचित रहेको छ । बिशेष गरि विद्यार्थी राजनीतिबाट उदाएका युवा नेताहरु तनहूँमा प्रशस्त रहेका छन् भने पंचायतकालदेखि कांग्रेसी बनेर जेलनेल भोगेर कांग्रेस जोगाईरहेका नेताहरुको तनहूँमा कुनै कमि छैन तर पनि नेता उत्पादन गर्ने सवालमा र समकक्षी वा युवा नेताहरुलाई संरक्षण गर्ने सवालमा तनहूँका नेताहरु जहिले पनि चुक्नुभएको छ त्यसैले त आज यो कद बनाएर सभापति बन्छु भनेर केन्द्रमा आफ्नै समुहसग लडिरहदा तनहूँका नेताहरुबाट दरिलो साथ त परै जावोस् ”पौडेलदाईलाई सभापतिको उमेदवार बनाउनुपर्छ ” भनेर बोल्ने जिल्लाका एकजना नेता पनि पाउन सक्नुभएको छैन ।

कुनै एक जमाना थियो नेपाली कांग्रेसका सह महामन्त्री गोविन्दराज जोशी पावरमा हुदाँ जोशीसगै भिड्दा भिड्दै रामचन्द्र पौडेलले आफ्नो सम्पूर्ण शक्ति खर्च गर्नुभयो त्यो शक्तिलाई जोशीसग वार्ता र सहयात्रामा खर्च गरेर सम्बन्ध बढाएको भए न त आज गोविन्दराज जोशीमाथि कारवाही तरवार लट्की रहेको हुन्थ्यो न त जोशीको पावर घटेको नै हुन्थ्यो त्यसैगरि तनहूँको तत्कालिन निर्वाचन क्षेत्र नं. ३ कम्युनिष्टको गढमा गएर निर्वाचनमा विजयी भएर आउने अमरराज कैनीलाई अगाडि नबढाउनु नै पौडेलको जीवनको अर्को ठुलो गलत निर्णय भएको आज कांग्रेसी कार्यकर्ताले भनिरहेका छन् । कम्युनिष्टको गढमा जितेर आएको मान्छेलाई संरक्षण गरेर मन्त्री तथा अन्य पदहरुमा सिफरिस गरिरहेको भए आज पौडेलको लागि बोल्ने एउटा बलियो मान्छेको अभाव हुने नै थिएन । कहिलेकाहि फराकिलो चित्त नबनाउनाले भविष्यमा आफैलाई बेफाईदा गर्दछ भन्दछन् तनहूँका कांग्रेसीहरु । त्यसैगरि तनहूँको राजनीतिमा उदाउदै गरेको शंकर भण्डारीलाई आफ्नै समुहमा राख्न नखोज्नु पौडेलको अर्को भुल रहेको छ भने व्यास नगरपालिकाको पूर्व मेयर ध्रुव वाग्लेलाई केन्द्रमा स्पेश दिलाउन पहल नगर्नु र तिनै ध्रुव वाग्लेलाई शेरबहादुर देउवाले स्पेश दिनु पनि पौडेलको लागि जिल्लामा मात्र होईन केन्द्रमा पनि प्रत्युपादक बनेको छ । त्यसैगरि नेविसंघको राजनीतिबाट उदाएका गोविन्द भट्टराई हुन् वा प्रदिप पौडेललाई पनि साथमा लिएर ढाडस दिदै ”ल भन तिमीहरुको लागि मैले के गर्नुपर्छ ?” भन्न नसक्नु पनि पौडेलको गम्भिर भुल रहेको छ । तिनै भुल तथा महाभुलले गर्दा त आज जिल्लाबासीको नजरले हेर्दा रामचन्द्र पौडेल जिल्लामा मात्र होईन काठमाण्डौमा पनि एक्लो पर्नुभएको छ । न रामचन्द्रको साथमा गोविन्दराज जोशीको सहयात्रा छ न शंकर भण्डारीले ”म पौडेलदाईको जिल्लाको मान्छे, म पौडेलदाईको मान्छे ” भनेको सुन्न पाईन्छ , न गोविन्द भट्टराई, न प्रदिप पौडेल न ध्रुव वाग्ले कसैले पनि ”रामचन्द्र पौडेल जस्तो कद भएको मासिनलाई सभापति बनाउनुपर्छ ” भनेर खुलेर भन्न सकिरहनुभएको छ ।
आज यी हस्तिहरु बोकेर एक साथ टेवुल ठोक्दै ” रामचन्द्र दाईलाई यसपटक सभापति कसरी नबनाउने कसले हो हामी पनि हेरम् त ? रामचन्द्र दाईलाई सभापति नबनाउने हो भने हामी पनि देखाईदिन्छम् ” भनेको भए माहौल ( वातावरण) नै फरक पर्न आउने थियो तर अफसोस् माथि उल्लेखित नामहरुलाई न हिजो रामचन्द्र पौडेलको साथ र सपोर्ट पाउनसक्नुभयो न आज रामचन्द्र पौडेललाई साथ दिन सक्नुभयो त्यसको प्रत्यक्ष उदाहरण गोर्वद्धन शर्मा पुत्र रामचन्द्र पोखरेलसगै तनहूँबाट केन्द्रिय सदस्यका ६ जना दआकांक्षीहरु कुनै गुटमा पनि पर्नुभएन बस् आज तनहूँका नेताहरु रामचन्द्र पौडेलको साथ र सर्मथन नपाएर टुहुरो बनेर आ आफ्नो जोहो गर्न लागिरहनुभएको छ भने आफ्ना पक्षमा बोलिदिने कोहि नभएर रामचन्द्र पौडेल वनवास पस्नुभएको छ र शायद जिल्लातिर हेर्दै मनमनै सोचिरहनुभएको छ होला ”न त भुईको टिप्न सके न त पोल्टाको नै सम्हाल्न सकें !”










