तनहूँ । रास्ट्रीय युवा संघ नेपाल तनहूँ भानु नगरका संयोजक समाजसेवी बिर ब. लामा (चिजे) ले विद्यार्थीहरुलाई झोला वितरण गर्नुभएको छ । लामाले लमजुङ जिल्ला मर्स्याङ्ग्दी गाउँपालिका वडा नं. ५ सन्जापुको श्री हिमालय प्रा. वि. मा अध्ययनरत ५० जना विद्यार्थीलाई झोला वितरण गर्नुभएको हो । विद्यार्थीहरुलाई किताब कोक्नको लागि झोलाको अभाव होस् भनेर विद्यालयको नाम लेखेर झो वितरण गरेको उहाँले बताउनुभयो । साथै राज्यको नजरबाट पिछडिएको क्षेत्र र न्युनतम सहयोग नपाएका बिद्यार्थीहरु भएको कारणले आफुलाई सहयोग हस्तान्त्रण गर्ने ईच्छा भएको समाजसेवी एवं युवा नता लामाले बताउनुभएको थियो ।
लामाले सहयोगले बिद्यार्थीहरुलाई सहयोग गरेर पुण्यको काम गर्नुभएको र लामाबाट सबैले प्रेरणा लिदै ग्रामिण तथा विपन्न भेगका बालबालिकालाई सबैले सहयोग गर्न तत्पर रहनुपर्ने विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको भनाई रहेको थियो ।(तस्विरः मनोज कुमार श्रेष्ठको फेसबुकबाट)












