वैदेशिक रोजगारमा जानेका लागि व्यास नगरपालिकाले पौष १६, १८ र १९ मा कोरोना खोप लगाउदै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाद्धारा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई कोरोना खोपको व्यवस्था गरेको छ । व्यास नगरपालिका स्वस्थ्य तथा जनसंख्या शाखाका प्रमुख प्रमोद सोतीद्धारा जारि सूचना अनुसार १८ बर्षभन्दा माथिका नेपाली नागरिक जो वैदेशिक रोजगारीमा जान लागेका छन् र हालसम्म कोरोना खोपको मात्रा १ डोज पनि लगाएका छैनन् उनीहरुलाई खोपको व्यवस्था गरिएको जनाईएको छ ।

व्यास नगरपालिकाको कार्यालय दमौलीको सभाहलमा पौष १६, १८ र १९ गते खोप दिईने पनि सूचनामा जनाईएको छ । बिहान १० बजेदेखि ३.३० बजेसम्म दिईने खोप लगाउनको लागि उमेर र परिचय खुल्ने प्रमाणपत्रका साथै बैदेशिक रोजगारमा जानेहरुले जोनसोन एण्ड जोनसोन खोप लगाईने भएकोले अनिवार्य रुपमा भिषा र पासपोर्ट लिएर आउनुपर्ने पनि सिूचनामा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?