तनहूँ । भरतपुर महानगरपालिका वडा नं. ५ त्रिवेणी टोल निवासी पोखरेल परिवारले स्कुलका बिद्यार्थीलाई स्विटर तथा टोपी वितरण गर्नुभएको छ । त्रिवेणी टोल निवासी हरिप्रसाद पोखरेल र चन्द्रमाया पोखरेलको परिवारले व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको श्री सर्वज्योति माध्यमिक विद्यालयका ६४ जना विद्यार्थीलाई स्विटर,टोपी र विस्कुट वितरण गर्नुभएको हो । उहाँहरुका स्विजरल्याण्ड निवासी छोरा बुहारीहरु सुनिल पोखरेल रिचेल पोखेरल, शुरेश पोखरल मेलानी पोखरेल, छोरी सम्झना पोखरेल, ज्वाई विमल मिश्र नाति नातिनी रिजन मिश्र र रिद्धिमा मिश्रको सहयोगमा उक्त सहयोग सामाग्री वितरण गर्नुभएको हो ।
चितवनबाट दमौली आएर चन्द्रमा पोखरेलले व्यास १ अम्रेनी निवासी बयोबृद्ध ८४ बर्षिय आमा देवका पौडेल र आफन्त रामप्रसाद गैह्ेको सहयोगमा सर्वज्याति मा.वि. का विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
”जाडोको समयमा विद्यार्थीहरुलाई स्विटरको अभाव नहोस् भन्ने हेतुले आफ्ना सन्तानहरुको ईच्छा बमोजिम सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्विटर, टोपी लगायतका सामाग्रीहरु वितरण गरेको ”उक्त अवसरमा दाता चन्द्रमा पोखेरलले बताउनुभएको थियो ।
पोखरेल परिवारले यसभन्दा अगाडि पनि तनहूँ तथा चितवनका थुप्रै विद्यालयमा स्विटर, टोपी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको छ ।










