व्यासमा कोभिड १९ विरुद्धको खोप पौष २५ गते देखि लगाईने (खोप केन्द्रको नामावली सहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिकामा पहिलो मात्रामा भेरोसेल र एष्ट्राजेनिका खोप लगाईएका व्यक्तिहरुलाई यहि पौष २५ गतेबाट दोश्रो मात्राको खोप लगाईदैछ । २५ गते देखि २९ गतेसम्म खोप लगाउनको लागि नगरपालिकाले विभिन्न वडाका ४० वटा खोप केन्द्रहरु तोकेको छ । बिहान १० बजेबाट २ बजेसम्म खोप लगाईने पनि व्यास नगरपालिकाको स्वस्थ्य तथा जनसंख्या शाखाले जनाएको छ ।

पहिलो मात्रामा खोप लगाएर दोश्रो खोपको प्रतिक्षा गरिरहेका मानिसहरु भएकोले खोप अभियान संचालन गर्न लागेको व्यास नगरपालिकाका स्वस्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?