हाँस्य कलाकार सुरज भिरखोईरे पनि नेकपा तनहूँको जिल्ला सदस्यको उमेदवार

  • ख-
  • ख+

तनहूँ । हाँस्य कलाकार एवं सामाजिक अभियन्ता सुरज भिरखोईरे अर्थात सुरज वाग्ले आसन्न नेकपा एमाले तनहूँको जिल्ला अधिवेशनमा सदस्य पदको उमेदवार बन्न गईरहनुभएको छ ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसमा प्रा.क. सदस्य , जननाट्य मंच तथा जन सास्कृतिक महांसङ गण्डकी को पुर्व सदस्य , हाल जन सांस्कृतिक महासङ्घ तनहूँको सह सचिब रहनुभएका वाग्ले यहि पौष २३ र २४ गते हुन गईरहेको जिल्ला अधिवेशनमा वाग्लेले सदस्य पदमा उमेदवारी दिन लाग्नुभएको हो ।

शुक्लागण्डकी वडा नं. १ थप्रेकका बासिन्दा वाग्ले ” कृषि कर्मबाट पनि आत्मनिर्भर बन्न सकिन्छ र स्वदेशमा नै कमाई गर्न सकिन्छ भनेर लाग्नुभएको छ । पछिल्लो समय पशुपालन, मौरी पालनमा लाग्नुभएका वाग्ले सबैलाई कृषि कर्ममा आर्कषित गर्न र उदाहरण देखाउन पनि आफु जिल्ला सदस्यको उमेदवार बन्न लागेको” बताउनुभएको छ ।

” किसान र मजदुरको आवाज समस्या राष्ट्रिय राजनितिले संबोधन होस भन्नको लागि मेरो उम्मेद्बारी , कलाकारीताको माध्यमबाट जनतालाई प्रस्ट बुझाउन र ब्युझाउंन सकिने हुंदा उम्मेद्बारी दिने घोषणा गरेको” उहाँको भनाई रहेको छ ।
हाँस्य व्यगं क्षेत्रमा पनि नाम कमाईसक्नु भएका वाग्ले तनहूँको एक उदाहरणिय कृषकमा गनिनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?