दुम्सि दुग्ध उत्पादक सहकारी संस्थाको भवन निर्माणको क्रममा

  • ख-
  • ख+

(संस्थाका अध्यक्ष डिल्लीराम सापकोटा र पछाडि निर्माणाधिन भवन)

तनहूँ । दुम्सि दुग्ध उत्पादक सहकारी संस्था लि. को भवन निर्माणको क्रममा रहेको छ । व्यास नगरपालिका वडा नं. १० दुम्सिमा बन्दै गरेको उक्त भवन साढे २ तले निर्माण गर्न लागिएको हो । करिब ६० लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको भवनको लागि हालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानको पहलमा १५ लाख,व्यास नगरपालिकाबाट १० लाख आर्थिक सहयोग र अन्य संस्थाको कोषबाट खर्च गरिने गरि निर्माण शुरु गरिएको उक्त संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ । किसानहरुको संस्था भएकोले आर्थिक अभाव त भई नै हाल्छ तै पनि संस्थाको आवश्यकतालाई हेरि ६० लाखको लगानी लाग्ने भवन निर्माण शुरु गरेका छौ शुभचिन्तक र स्थानिय निकाय, प्रदेश र केन्द्र सरकारको सहयोग संस्थाको पैसा खर्च नगरिकन सम्पन्न गर्न सक्छौ कि भन्ने आशा लिएका छौ सापकोटाको भनाई रहेको छ ।
हालसम्म पहिलो तलाको अधिकांश काम सम्पन्न भईसकेको भवनको दौश्रो तलाको लागि पिल्लरको काम भईरहेको छ ।
१ रोपनी जग्गामा निर्माण गर्न लागिएको उक्त भवन निर्माण पश्चात दुग्ध किसानको लागि धेरै नै राहत हुने र भवन निर्माणको काम बैशाष मसान्तसम्म सक्ने लक्ष्य रहेको पनि सापकोटाको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?