तनहूँ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं पुर्वमन्त्री किरण गुरुगंले चौतारी नेपाल तनहूँ शाखाको ९ औ अधिवेशनको दमौलीमा उद्घाटन गर्नुभयोे । उक्त कार्यक्रमको उद्घाटन गर्दै गुरुगंले राज्यबाट गल्ती हुन सक्ने भन्दा राज्यभन्दा पनि चौथो अंग जिम्मेवार बन्नुपर्ने, देश निर्माणका सम्बन्धमा कहिले छलफल गर्नुपर्ने बताउनुभएको थियो । उक्त अवसरमा गुरुगंले देश सम्बृद्द बनाउन अगाडि बढाउनको लागि संघसंस्थाहरुले पनि सकारात्मक सहयोग गर्न जरुरी रहेको बताउनुभएको थियो । प्रेस चौतारी तनहूँका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य भगवपत न्यौपाने, सांसद केदार सिग्देल , नवनिवौचित नेकपा एमाले का अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका महानुभावहरुले पत्रकारले आफ्नो नैतिकतामा रहेर समाजलाई सुसुचित गर्ने काम गर्नुपर्ने बताउनुभएको थियो ।
उक्त अवसरमा पत्रकारहरु प्रकाशचन्द्र भट्टराई , बसन्ति बास्तोलालाई नगद, प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरि प्रेस चौतारी तनहूँका पुर्व अध्यक्षहरु शिवदत्त ढकाल , त्रिभुवन श्रेष्ठ , प्रेम प्रकाश पौडेललाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।








