(तस्विरः सांकेतिक)
तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं.११ दरैपधेंरा नजिकै वेवारिसे शव फेला परेको छ । अदाजी ३०, ३५ बर्षको देखिने मानिसको शव मुलबाटो भन्दा अलिक माथि गोरेटो बाटो नजिकै फेला परेको हो ।
घोप्टो परेको मानिस देखेपछि स्थानियले बिहान ७ बजेको समयमा प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।आडैमा झोला भएको शवको नजिकै रगत देखिएको छ ।
वरपरका स्थानियले नचिनेको र स्थानिय जस्तो नलाग्ने उक्त शवको बारेमा अध्ययन अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी ईन्स्पेक्टर शिब क्षेत्रीले जनाउनुभएको छ ।
उक्त स्थानमा प्रहरीले सिलबन्दि गरि अनुसन्धान अगाडि बढाएको छ ।










