तनहूँ । तनहूँको व्यास नगरपालिकाद्धारा कोभिड १९ को संक्रमण बढ्दै गएकोले व्यास नगरपालिकाभित्रका सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना महामारीलाई ध्यानमा राखि हिउँदे विदा कट्टी हुने गरि विद्यालय बन्द गर्न सबै विद्यालयलाई निर्देशन जारी गरेको हो ।
यस अघि नै नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयबाट न्युनतम मापदण्ड पालना गरि परीक्षा सञ्चालन र खोप अभियान निरन्तर रहने गरी विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्देशन दिइएको थियो ।









