(तस्विरः सांकेतिक)
तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ११ दरैपधेंरा आज विहान भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव पोखरा महानगरपालिका वडा नं. ८ बस्ने ३३ बर्षिय किरण कुमार गुरुगंको रहेको छ ।
बिहान ७ बजेको समयमा स्थानियहरुले खबर गरेपछि प्रहरी उपरिक्षकको नेतृत्वको टोली पुगि घटनाको अनुसन्धान गर्दा फोरुवा र खुर्पा प्रहार गरि हत्या गरिएको जस्तो अवस्थामा फेला पारि तत्काल तालिम प्राप्त कुकुर र प्राविधिक सहितको टोलीले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल दमौली ल्याई राखिएको र शंकास्पद २ जनालाई पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








