बन्दिपुर दुर्घटना अपडेटः ६ को मृत्यु/ घाइतेहरुको चितवनमा उपचार हुदै

  • ख-
  • ख+

(तस्विरः सांकेतिक)
तनहूँ । शुक्रवार राति बन्दिपुर गाँउपालिका वडा नं. ६ घरमपानीको भित्री सडकखण्डमा भएको दुर्घटनामा घाईतेहरुको चितवनमा उपचार भईरहेको छ । हिजो राति करिब ८ः३० कोसमयमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको र ८ जनाको घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल दमौलीमा राखिएको र घाईतेहरुलाई भरतपुर शिक्षण अस्पताल लगिएको छ ।
मृतक तथा घाईतेहरु सबै बन्दिपुर गाँउपालिका वडा नं. ६ कै बासिन्दा रहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?