नेकपा (एस) को दावी विपरित कांग्रेस नेता रामचन्द्र अधिकारी भुमी आयोग तनहूँको अध्यक्ष

  • ख-
  • ख+

तनहूँ । नेकपा एकिकृत समाजवादीको चाहना विपरित नेपाली कांग्रेसका पुराना नेता रामचन्द्र अधिकारी भुमी आयोग तनहूँको अध्यक्ष बन्नुभएको छ । नेकपा एस्ले तनहूँको भुमी आयोगको अध्यक्ष पद आाफुले पाउनु पर्ने दावी गरिरहेको थियो । जिल्ला सचिव श्रीराम कार्कीलाई भुमी आयोग तनहूँको अध्यक्ष बनाउन तनहूँका नेताहरु लामो समयदेखि काठमाण्डौमा सक्रिय रहदा रहदै पनि पछिल्लो समय शेरबहादुर देउवा पक्षसग नजिक बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामचन्द्र अधिकारीलाई अध्यक्ष बनाउन सफल हुनुभएको हो ।
तत्कालिन नेकपा एमालेको सरकारको पालामा गठन गरिएको आयोग खारेजीपछि सरकारले उस्तै कार्य गर्ने गरि भुमि आयोगका पदाधिकारीहरु धमाधम चयन गरिरहेको छ ।
स्थानिय निकायको घोषणा अगाडि नै पदाधिकारीहरु चयन गर्नु पर्ने र कार्यकर्ता तथा नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएकोले पदाधिकारीहरु चयनमा तिव्रता दिईएको जानकारहरुको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले देशैभरका २८ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?