सेवर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा हरिभक्त अधिकारी निर्वाचित

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० सेवरको सेवर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा हरिभत्त अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा हरिभक्त अधिकारीले झलकराज पौडेललाई ३९ का किरुद्ध ६६ मतले पराजित गर्नुभएको हो । आजकै निर्वाचनबाट संचालक समितिका सदस्यका सदस्यहरुमा बिष्णुप्रसाद अधिकारी, अम्बर बहादुर कुवर, प्रकाशचन्द्र बगाले, मातृका लम्साल, ख्याम बहादुर कुवर, तिलबहादुर थापा र यमबहादुर कुवर निर्वाचत हुनुभएको छ ।
उक्त सहकारीको उपाध्यक्षमा हरिबहादुर ढकाल, लेखा समितिको संयोजकमा रामजीप्रसाद तिमल्सेना र सदस्यहरुमा एकबहादुर दरै र उदय आचार्या थापा निर्विरोध निर्वाचित भईसक्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?