एम्बुलेन्स खरिदका लागि सहयोग आउने क्रम जारी

  • ख-
  • ख+

तनहूँ । मंसिर १० । व्यास नगरपालिका वडा नं. १० मा रहेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट रेडक्रस उपशाखाले संचालन गर्न लागेको एम्बुलेन्स खरिदको लागि सहयोग गर्ने क्रम निरन्तर चलिरहेको छ सोहि क्रममा व्यासनगरपालिका वडा नम्बर १० निवासी स्वर्गीय देवी प्रसाद न्यौपानेको स्मृतिमा वहाँकी श्रीमती पार्वती न्यौपाने तथा छोराहरु सन्तोष न्यौपाने , प्रमोद न्यौपाने तथा प्रदिप न्यौपाने एवं बुहारीहरु मौसमी न्यौपाने , सिर्जना पौडेल न्यौपाने तथा सबिना न्यौपानेद्वारा रु ११,१११ सहयोग प्रदान गर्नु भएको छ । सो रकम स्वर्गिय न्यौपानेका परिवारजनले उपशाखाका पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको छ । स्वर्गिय न्यौपाने लामो समयदेखि स्वस्थ्यक्षेत्रमा कार्यरत हुनुहन्थ्यो ।
करिब १७ लाख रुपैया लागत लाग्ने अनुमान गरिएको एम्बुलेन्स संचालनका लागि नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट रेडक्रस उपशाखाले अभियान संचालन गरेपश्चात हालसम्म करिब ९ लाख रुपैया रकम संकलन भएको उक्त एम्बुलेन्स खरिद अभियान अर्थ समितिका संयोजक ईश्वर पौडेलले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्