सांसद सिग्देलबाट क्षेत्र नं. २ मा ४ करोड रकम बाँडफाँड

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नम्बर २ प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य केदार सिग्देलले आफ्नो निर्वाचनक्षेत्रका छ वटा स्थानीय तहका लागि ४ करोड रुपैयाँ बजेटका लागि योजनाको टुंगो लगाउनुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेट विनियोजन टुंगो लागेको हो । विनियोजित उक्त रकममध्ये ३ करोड ९६ लाख ४० हजार रुपैयाँ विकास तथा व्यवस्थापन खर्चका लागि ३ लाख ६० हजार रुपैयाँ खर्च हुनेछ ।

सो मध्ये भिमाद नगरपालिकामा खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख, उत्तर दक्षिण मोटरमार्गको छाब्दी बाराही मन्दिरदेखी सिगारभन्ज्याङ्ग सडक खण्ड स्तरवृद्धि र फाँचेथर कोटथर पैदलमार्ग निर्माणका लागि १५ लाख, नेवा खलः भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानोका लागी ११ लाख ४० हजार, लोकतान्त्रिक मार्गका लागी १० लाख, वडा नं ७ मा भिम देउराली मोटरमार्ग का लागि १० लाख, वालज्योती आधारभुत विद्यालयको लागि १० लाख गरि कुल ७१ लाख ४० हजार विनियोजन भएको छ ।

व्यास नगपालिका वडा नं. ५ र ६ मा ५० लाख, व्यास ६ को शिसाघाट वजारको सिम्लेदेखि मादी नदिको पुलसम्म सडक कालोपत्रे गर्नका लागी ३० लाख, व्यास ५ मा राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको हल निर्माणका लागी १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागी १० लाख विनियोजन गरिएको छ ।

म्याग्दे गाँउपालिकामा बरचौर खानेपानी निर्माण सुधारका लागी १५ लाख, निर्मलबस्ती थानसिंह मोटरमार्ग कालोपत्रेको लागि १५ लाख, छाङ्गदीटारमा नागढुङ्गा खेलमैदान निर्माण लागी १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माण का लागी १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नतीका लागी १५ लाख गरि कुल ६५ लाख विनियोजन गरिएको पनि सिग्देलले जनाउनुभयोे ।

त्यसैगरि शुक्लागण्डकी नगरपालिका अन्र्तगत दुलेगौडा नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं १० मा २० लाख, काप्रेक खेलमैदान, थप्रेक तथा मुशिलम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं १ मा १५ लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं ७ मा १० लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं ३ मा १० लाख, भृगु त्रिवेणीधाम शव दाह स्थल निर्माण सुधारका लागि १० लाख, तथा राईपुर कोटकालिका पुर्वाधार विकास कार्यक्रम का लागी १० लाख गरि ७५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरि, घिरिङ्ग गाउँपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशी का लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।

घिरिङ्ग गाउँपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशी का लागी १५ लाख,, र्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, , अनयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।

पछिल्लो समय जिल्लाको बिकासमा निकै चासो दिएर लागि पर्नुभएका संसद सिग्देल तनहूँ नेकपाको जिल्ला कमिटि तनहूँको अध्यक्ष पनि हुनुहुन्छ । (तस्विरः मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्