हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सुरेश कुमार आले मगरलाई तनहूँमा सम्मान गरियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति तनहूँद्धारा उक्त कार्यक्रममा आलेलाई बधाई तथा अभिनन्दन गरिएको थियो ।
गण्डकी प्रदेश सदस्य मदन आलेले संञ्चालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य एवं पार्टीका जिल्ला इन्चार्ज हरिबहादुर चुमान, माओवादी केन्द्रिय सदस्य ओमकुमारी पौडेल, नेकपा माओवादी केन्द्र तनहूँका संयोजक राजेन्द्रकेशरी न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।








