देवकुमार विजयी हुनेमा तनहूँवासी आशावादी

  • ख-
  • ख+

तनहूँ । नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा आउने कसको चाहाना नहोला र त्यस्तै चाहाना राख्ने व्यावसायी हुनुहुन्छ तनहूँ तनहूँका अग्रिणी व्यापारी देवकुमार श्रेष्ठ । वहाँले अघिल्लो पटक झैं यसपटक पनि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा केन्द्रीय सदस्यमा चुनिने ईच्छा राख्नुभएको छ र वहाँका साथलाई होस्टेमा हैसे प्रदान गर्न लागेका छन् तनहूँका व्यापारीहरु । आफ्नो जिल्लाको पूर्व अध्यक्ष तथा पूर्व केन्द्रिय सदस्यलाई जिताउन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको नेतृत्वमा तनहूँका धेरै व्यवसायी नेताहरुलेकाठमाण्डौमा हुनुहुन्छ । दोश्रो कार्यकाल केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएका श्रेष्ठको थनहूँबाट गएको टोली प्रचारमा दिनरात खटिएको देख्न पाईन्छ ।
श्रेष्ठको पक्षमा वातावरण बनाउनका लागि श्रेष्ठसहित प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल,तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ राकुलगायतका व्यवसायी केहि दिनदेखि काठमाण्डौमा तल्लिन हुनुभएको छ ।
साथीहरुको साथ सहयोग र आफुले नेपालभरका व्यवसायीको लागि लागेको हुनाले यसपटक पनि साथ पाउने बताउनुहुन्छ नगर तथा जिल्ला उद्योग वाणिज्य संघबाट दाश्रो पटक उमेदवारी केन्द्रिय सदस्य पदमा उमेदवारी दिनुभएका उम्मेदवार देवकुमार श्रेष्ठ । नम्र र सरल स्वभावका श्रेष्ठ केन्द्रिय सदस्य पदमा यसपटक पनि विजयी भएर आउने तनहूँवासीले आशा राखेर बसेका छन् र चुनाव अगाडि भेटघाट गर्दा पनि त्यस्तै अवस्था रहेको रहेको बताउनुहुन्छ तनहूँ ृउद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष प्राधान रहेकोले अन्य पदका लागि मंसिर १२ गते शनिवारका दिन मतदान भइरुहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्