नहर्कीद्धारा दुःख ब्यक्त

  • ख-
  • ख+

तनहूँ । १३ मंसिर । भानु नगरपालिका वडा नं २ का वासिन्दा पत्रकार मनोजकुमार श्रेष्ठलाई पितृ शोक परेको छ । उनको पिताको ५५ वर्षको उमेरमा आफ्नै निवास भानु २ नारेश्वटारमा हृदयघातको कारणले शुक्रबार दिउँसो ४ बजे निधन भएको हो ।
श्रेष्ठको पार्थिव शरिरको शनिबार धार्मिक तिर्थस्थल देवघाटमा अन्तेष्टि गरिने वहाँका छोरा मनोज श्रेष्ठले बताउनुभएको छ । स्वर्गिय श्रेष्ठकाको परिवारमा श्रीमती फुलमाया , एक छोरा, एक छोरी, बुहारी र १ नाति रहेका छन् ।
उहाँको निधनप्रति नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमराज नहर्कीले शोक प्रकाशित गरि दुःख व्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्