दमौलीमा ट्राफिकको रात्रि चेकिगंः मापसे गर्ने १० चालक कारवाहीमा

  • ख-
  • ख+

तनहूँ । जिल्ला ट्राफिक कार्यालय तनहूँले रातिको समयमा पनि सवारी साधनमा चेकिगं गरिरहेको छ । जिल्ला भरि नै ट्राफिक प्रहरीहरु परिचालन गरेर बेलुकी समयमा पनि चेकिगं गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख गोकर्ण नेपालले बताउनुभएको छ ।
तनहूँमा अत्याधिक दुर्घटनाहरु हुने भएको र यात्रु तथा चालकले ज्यान गुमाउदै गर्दा मापसे सेवनले यस्मा केहि प्रभाव पारेको छ कि भन्ने आशंकाले रातिमा पनि अलि बढि नै सर्तक बनौं भनेर चेकजाँच गरिएको हो , अरु नियमित चेकिगं त छदैछ नेपालको भनाई छ ।
मंगलवार दमौली शहिदगेट नजिकै गष्रिएको चेकिगंका क्रममा मार्दकपदार्थ सेवन गरि सवारी चलाउने १० जना चालक भेटिएको छ । मापसे गरि सवारी साधन चलाउने चालकहरुलाई सचेत गराईएको र उनीहरुलाई नियम अनुसार कारवाही गरिने पनि ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख नेपालले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?