तनहूँ । तनहूँ जिल्ला भानु नगरपालिका वडा नं. ५ वरभञ्ज्याङ् घर भई हाल व्यास नगरपालिका वडा नं. १ गल्बुबेसी बसोवास गर्ने मनबहादुर रानालाई आर्थिक सहयोग गरिएको छ । दैनिक मजदुरी गरि खाने मन बहादुर राना मगरको दुबै खुट्टा नचल्ने भई थला परेपछि नेकपा एमाले व्यास नगरका उपाध्यक्ष एवं क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसी पाण्डेको पहलमा ३० हजार २ सय ४० रुपैया र खाद्यान्न सामाग्री सहयोग गरिएको छ । आज सहयोगदाताहरु सागर थापा, कुमार थापा, समीर ठकुरी, तिर्थ रानाभाट, कृष्ण भट्ट, पदम थापा, मनोज अधिकारी गई मगरको स्वास्थ्य लाभको कामना गर्दै सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै पाण्डेले समाजमा बसेर सहयोगको आवश्यकताभएका हरुलाई सहयोग गर्ने आफुहरुको उदेश्य भएको बताउनुभएको थियो ।
मजदुरी गरि जिविकोपार्जन गरिरहेका मगर दुवै खुट्टा नचल्ने भएपछि उपचाररत हुनुहुन्छ भने उहाँलाई सहयोग गर्न चाहने महानुभावले ९८५६०६०३१८ मा सम्पर्क गर्न सकिने पनि सहयोगदाता पाण्डेले बताउनुभएको छ ।









