तनहूँ । सडकमा रहेका पोल तथा त्यस्मा रहेका बिद्युत प्रवाह हुने बाकसहरुमा सुरक्षा सावधानी नगरेर नेपाल बिद्युत प्राधिकरण तनहूँ वितरण केन्द्रले ठुलो लापरवाही गरेको छ । तनहूँको दमौली बजारका विभिन्न स्थानका ट्रान्सफर्मर राखिएका पोल र त्यससगै रहेका डिष्ट्रिव्युसन प्यानल बोर्डहरु खुल्ला राखेर सर्वसाधारणहरुको जिवनसग खेलवाड गरेको प्रष्टसग देख्न सकिन्छ । हजारौ भोल्टको करेन्ट प्रवाह हुने ति बाकसहरु पोलमा करिब ३, ४ फिटको उचाई हुनु र ति बाकसहरुमा बिर्को पनि नलगाउनुले बिद्युत प्राधिकरणको चरम लापरवाही देखिन्छ । समयमै ति बाकसहरुमा बिर्को नलगाउने हो भने मानविय क्षति पनि हुनसक्ने सर्वसाधारणको भनाईछ । विद्युत तथा टेलिकमका पोलहरुमा केवल तथा नेट कम्पनीहरुका तारहरु सर्ट भएर दमौलीमा धेरै पटक आगलागी भईसकेको छ । यसै बिषयमा नेपाल बिद्युत प्राधिकरण तनहूँ वितरण केन्द्रका ईन्जिनियर रामबाबु चौधरीसग जिज्ञासा राख्दा धेरै ठाँउमा ति बाकसहरु खुल्ला रहेको जानकारी आएकोले ति समस्या सामाधान तर्फ सिघ्र कदम चाल्ने बताउनुभएको छ ।








