प्रेस संगठन तनहूँद्धारा समवेदना व्यक्त

  • ख-
  • ख+

तनहूँ । मंसिर १३ । प्रेस संगठन नेपाल, तनहूँका सदस्य एवं तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रे स्थित रेडियो छिम्केश्वरी तथा पावर एफ एममा कार्यरत सञ्चारकर्मी मनोजकुमार श्रेष्ठका पुजनीय पिता टेकबहादुर श्रेष्ठको असामयिक निधनप्रति प्रेस संगठन नेपाल तनहूँले समवेदना व्यक्त गरेको छ । प्रेस संगठन तनहूँका अध्यक्ष नारायण खड्काद्धारा प्रसित विज्ञप्तिमा सञ्चारकर्मी श्रेष्ठका ५५ वर्षीय पिता टेकबहादुरको भानु नगरपालिका वडा नं. २ नारेश्वरटार स्थित आफ्नै घरमा अचानक हृदयघात भई उपचारका क्रममा शुक्रबार भएको निधन प्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं भनिएको छ साथै यस दुःखद् घडीमा सञ्चारकर्मी मनोज सहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं विज्ञप्तिमा अगाडि भनिएको छ । स्वर्गिय श्रेष्ठको अन्त्यष्ठि आजै देवघाटधाममा सम्पन्न भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्