तनहूँ । व्यास नगरपालिका वडा नं. ११ सेराको श्री बसन्त आधारभूत बिद्यालयको प्रधानाध्यपकमा मोहन पौडेल चयन हुनुभएको छ । एक बिशेष समारोहका बीच आज रानीगाँउका मोहन पौडेललाई बिद्यालयको प्रधानाध्यापक सर्बसम्मत चयन गरिएको हो ।
कार्यक्रममा ब्यास नगरपालिका वडा नंं ११ का सदस्य रामकृष्ण अधिकारी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम आले , विद्यालयकी निवर्तमान प्रधानाध्यापक सर्मिला पौडेल ओझा लगायतका महानुभावहरुले पौडेललाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । नवनियुक्त प्र.अ. पौडेलले आजै पदभार ग्रहण गर्दै विद्यालयको स्तोन्नतिको लागि सक्दो काम गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।








