भ्रष्टाचार विरुद्धको हाम्रो नेपाल हाम्रो नेपाल अभियान तनहूँ राप्रपामा समाहित

  • ख-
  • ख+

तनहूँ । भ्रष्टाचार बिरोधी अभियन्ता एवं हाल राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको भ्रष्टाचार विरुद्धको हाम्रो नेपाल हाम्रो नेपाल अभियान तनहूँ राप्रपामा समाहित भएको छ । आज तनहूँको दमौलीमा एक कार्यक्रमका बिच भ्रष्टाचार विरुद्धको हाम्रो नेपाल हाम्रो नेपाल अभियान तनहूँका जिल्ला संयोजक श्री विष्णु भक्त खनाल सहित २१ जना पदाधिकारीहरु विधिवत रुपमा राप्रपामा समाहित हुनुभएको हो । आफ्ना केन्द्रिय संयोजक ज्ञानेन्द्र शाही र पार्टीले लिएको राजसंस्था सहितको हिन्दुराष्ट्र र अखण्ड नेपाल र देशमा भइरहेको लुटतन्त्रको विरुद्धमा सशक्त अभियान चलाउने प्रतिबद्धता उत्तः अवसरमा उहाँहरुले व्यक्त गर्नुभएको थियो ।
उहाँहरुको आगमनले राप्रपालाई अझ सशक्त बनाउने राप्रपा तनहूँका अध्यक्ष बिनोद घर्तिले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?