मुटुरोगीको जीवन रक्षाको लागि सहयोगको अपिल

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला साविक कोटदरबार गा. वि. स. वडा नं. ४ हाल ऋषिङ्ग गाउँपालिका वडा नं. ७ पोखरीभञ्ज्याङ निवासी डोलराज नेपालीको श्रीमती ४३ वर्षीया चन्द्रमाया नेपाली उपचारले उपचारको लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ । मुटुरोगी नेपाली काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भईराखेपछि खर्चको अभावमा उपचार गर्न नसकेकपछि घरमै ल्याएर राखिएको छ । आर्थिक अवस्था कमजोर भएर उृपचार गराउन नसक्नुभएकी नेपालीलाई सहयोग गर्न सबैमा हार्दिक अपिल गर्दछौ ।
तपाई हाम्रो सहयोगले बिरामीको जीवन रक्षा हुनेछ। त्यसैले मानव जीवनमा सक्दो सहयोग गरेर पुण्य कमाऔं ।

सहयोगको लागिः
बिरामीको श्रीमानको बैंक खाता
खातावालको नामः डोलराज नेपाली
खाता नं. ०८३००४११६४३००००१
(कुमारी बैंक लिमिटेड, ऋषिङ्ग शाखा, तनहूँ)
बिरामीको सम्पर्क मोबाइल नं.९८१३५००८७५

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्