रामचन्द्र पौडेलको गृह जिल्ला तनहूँमा फेरि अर्को पहिरो

  • ख-
  • ख+

नेपाली काङ्ग्रेस परित्याग गरि भानु नगरपालिका वडा नं. ६ बुद्वसिंङ टोल विकास संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको नेतृत्वमा बुद्वसिङ आमा समुहकी अध्यक्ष विमला आले सहित ३२ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई तनहूँ जिल्लाका माननीय सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै सांसद श्रेष्ठले अहिले नेपाली कांग्रेस छोडेर नेकपा प्रवेश गर्नेहरु नेकपाको सरकार छ भनेर होईन कि कांग्रेसको थिचोमिचो, बिकासमा आफ्ना मान्छेहरु हेर्ने प्रवृत्ति र सांसदको रुपमा कृष्णकुमार श्रेष्ठले गरेको बिकास देखेर प्रवेश गरेको बताउनुभएको थियो साथै आउदा दिनमा बिकास निर्माणका कामलाई निरन्तरता दिईरहने पनि बताउनुभएको थियो ।

भानु नगरपालिका वडा नम्बर ६ कमिटीको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ६ का सदस्य रामकृष्ण खर्त्रीको अध्यक्षयतामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय कृष्ण कुमार श्रेष्ठ (किसान), नेकपा गण्डकी प्रदेश सदस्य दुर्गा पराजुली, नेकपाका जिल्ला नेता ऋषिराम पन्थ, देबु बिष्ट, मुक्ति तिमल्सेना, व्यास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विश्वराज न्यौपाने, नेकपा व्यास नगर कमिटिका कार्यालय सचिव अनिल पाण्डे लगाएको युवा नेताहरुको सहभागी रहेको थियो ।

पौडेल जिल्लाका नेता झपार्न तनहूँ आउदै गरेको सबैको अनुमान
पछिल्लो समय तनहूँ जिल्लामा नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गर्ने क्रम बढेको छ । विगतका केहि महिनामा नेपाली कांग्रेसका सयौ नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरिरहेका छन् जस्को कारण नेपाली कांग्रेस तनहूँले विज्ञप्ति निकालेर आफ्नो बचाँउ गरिरहेको छ । यसरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरिरहदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहूँमा सेति नदिमाथि निर्माण भएको पुलको उदघाटन गर्न आउदै हुनुहुन्छ । पौडेलको आगमनलाई आममानिसहरु पुल उदघाटन गर्नभन्दा पनि पार्टीमा गईरहेको पहिरोलाई रोक्न र पार्टीका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरिरहदा कांग्रेसको तनहूँ जिल्ला नेतृत्वलाई झपार्नकोे लागि आउन लाग्नुभएको हो भन्ने तर्क गरिरहेका छन् ।

त्यसैगरि नेकपाको केन्द्रमा पहिरो गईरहदा जिल्लामा भईरहेको पाटी प्रवेशलाई धेरैले आशाको त्यान्द्रोको रुपमा व्याख्या गरिरहेका छन् भने यो केन्द्रमा देखिएको विवाद पश्चात पार्टीले नयाँ जीवन पाउने बताईरहेका छन् । तस्विरः मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्