फुटवल प्रतियोगिता शुरु

  • ख-
  • ख+

तनहूँ । युवाहरुलाई खेलकुदमा आवद्ध गराईराख्ने उद्धेश्यका साथ व्यास नगरपालिका वडा नं. ९ मा रहेको क्यामिन स्टार युवा क्लबले प्रथम पुरस्कार ५० हजार राशि भएको फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बिच व्यास नगरपालिका वडा नं. ९ का अध्यक्ष शुरेस थापाले उद्घाटन गर्नुभएको छ । २१ टिम सहभागि भएको प्रतियोगितामा दोश्रो पुरस्कार २५ हजार रुपैयाका साथै उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
क्लबका अध्यक्ष मनोज गुरुगंको सभापतित्वमा भएको खेल उद्घाटन कार्यक्तममा व्यास ७ का वडा अध्यक्ष सतिशचन्द्र न्यौपाने लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।
कृष्ण थापा खेल संयोजक रहेको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमको संचालन व्यास युवा क्लबका सचिव मनोज राउतले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्