पिजन हिलमा संचालन भयो टिकटक पार्क

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० परेवा डाँडामा रहेको पिजन हिल रेष्टुरेन्ट एण्ड लजमा आन्तरिक पर्यटकलाई आर्कषित गर्ने हेतुले टिकटक (मनोरन्जन) पार्क संचालनमा ल्याईएको छ । उक्त पार्कको बुधवार एक कार्यक्रमका बिच व्यास नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले उद्ध्घाटन गर्नुभयो । पार्कको उद्घाटन गर्दै सापकोटाले “गाँउ ठाँउको बिकास गर्न सरकार र स्थानिय निकायको मात्र मुख नताकि व्यक्ति स्वयंले पनि पहल गरे समग्रक्षेत्रको बिकास गर्न र परिचय गराउन सहयोग पुग्ने र आफु साथै समाजलाई पनि रोजगारीको अवसर प्रदान गर्न सकिनेछ भन्ने विश्वास पिजन हिलले दिएको” विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा पिजन हिल रेष्टुरेन्ट एण्ड लज तथा पार्कका संचालक विवेक सापकोटाले “मनोरन्जन पार्क संचालन गर्नुको उद्धेश्य व्यापारिक मात्र नभईकन यस स्थानका मानिसलाई रोजगारी दिने, दमौली वरपरका मानिसहरुको लागि मन बहलाउने ठाँउ प्रदान गर्ने रहेको” बताउनुभएको थियो साथै वहाँले ” व्यक्तिगत लगानीमा संचालनमा ल्याईएको पार्कले यसक्षेत्रमा आन्तरिक पर्यटकहरु बढाउने विश्वास पनि ” व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा समाजेवीहरु ईश्वर पौडेल, यज्ञप्रसाद शर्मा, दयाराम शर्मा, प्रजापति सापकोटा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
दमौली बजारबाट करिब ६ किलोमिटरको दुरीमा रहेको उक्त पार्क निकै आर्कषक रहेको छ । उक्त मनोरन्जन पार्कमा बच्चाहरुको मनोरन्जनको लागि, पिगं, स्लाईड, झोलगों अन्यको लागि पिगं, टिकटक बनाउनको लागि आर्कषक स्थल निर्माण गरिएको छ । विभिन्न चराचुरुगीं, जनावर तथा देवी देवताका मुर्तिहरु कलात्मक रुपमा निर्माण गरिएको पार्कमा बसेर स्थानिय विभिन्न परिकारहरुको स्वाद लिदै मादि नदिको मनमोहक दृश्य पनि अवलोकन गर्न सकिनेछ ।

“पार्कको अगाडिको भागमा परेवाको मुर्ति निर्माण भएको हुनाले पनि मानिसहरुको यसक्षेत्रमा निकै आउने गरेको र उक्त कार्यले गर्दा यसक्षेत्रको शोभा बढाउनुका साथै आन्तरिक पर्यटन प्रर्बद्धनमा पनि निकै टेवा पुगेको र मनोरन्जन पार्क संचालनमा आएपश्चात आन्तरिक पर्यटकहरुको चाप निकै बढ्ने ” समाजसेवी ईश्वर पौडेलको धारणा रहेको छ साथै वहाँले “हालसालै निर्माण सम्पन्न भएको परेवाको मुर्तिले परेवा डाँडामा पुँगु पुँगु लाग्ने गरेकोमा यो पार्कले झन् सुनमा सुगन्ध थपेकाले मानिसहरुको गन्तव्य हुने ” धारणा ब्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्