तनहूँ । व्यास नगरपालिका वडा नं. १४ निवासी ३५ बर्षिय मेगिसरा थापाको दुवै मृर्गौला खरावी भएर उपचार गर्नुपर्ने भएकोले दमौली केशवटार समाजद्धारा सहयोगको अपिल गरिएको छ । उक्त क्षेत्रका मनकारी युवाहरु मिलेर मेगिसरा थापाको मृर्गौलाको उपचारको लागि आर्थिक संकलन अभियान शुरु गर्नुभएको छ । वहाँहरुले थापाको आथिक अवस्था अत्यन्तै नाजुक भएको हुनाले स्वदेश तथा विदेशमा रहनुहुने मनकारी मनहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

‘ कोहि मानिस पनि आर्थिक अभावमा मर्न नपरोस् भन्ने मनसायले अर्थ संकलन गर्ने अभियान शुरु गरिएको’ उक्त अभियानमा संलग्न युवराज आलेकोे भनाई रहेको छ ।

‘ हामी सबैले सेवा भावले काम गर्नु पर्ने र मेगिसरा थापाजस्ता रोगीहरुले आर्थिक अभाव झेल्नु नपरोस् भनेर सबै एकताबद्ध भएको स्वदेश तथा विदेशबाट सहयोग पठाउन आग्रह गरिएको ‘ केशवटार घर भई दमौलीमा केशवटार सुँनचाँदी पसल संचालन गरिरहनुभएका मनोज सुवर्णकारको भनाई रहेको छ ।

१ बर्षदेखि मृर्गौला खराब भईरहे पश्चात वहाँको पुरानो मेडिकल कलेज चितवनमा उपचार गरिरहनुभएकी दुवै मृगौृला खराब भएकी मेगिसरा थापालाई सहयोग गर्न चाहने महानुभावहरुले तल दिएका व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क गर्न सकिने व्यक्तिहरुको नामावली यसप्रकार रहको छ :
युवराज आले ९८४९२१६५४९, , कुल थापा ९८४६०९१२९५, गोपाल थापा ९८४६६३९७००, मनोज सुर्वणकार ९८४६०५५१८४, दलबहादुर थापा ९८१५१३४९१८, धन बहादुर थापा ९८०६६७०७७५
दिपक थापा ९८१८५९५३००, नरबहादुर थापा ९८१७१४०१५६, लक्ष्यमण आले ९८४६२७४२९१