तनहूँ । व्यास नगरपालिका वडा नं १२ छाव्दि घर भई हाल दुवई Guardforce security कम्पनीमा कार्यरत शंकर तिवारीले दुवै मृर्गौला खराब भएर सहयोगको आव्हान गर्नुभएकी मेगिसरा थापालाई ३ हजार रुपैया आर्थिक सहयोग गर्नुभएको छ । विदेशमा रोजगारीको सिलसिला आएपछि पनि नेपाली दाजुभाई दिदीबहिहनीहरु अप्ठेरोमा पर्दा सानै भएपनि सहयोग गरेर अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने मनसायले सहयोग गरेको तिवारीको भनाई रहेको छ ।
व्यास १४ केशवटार निवासी ३५ बर्षिय मेगिसरा थापाको दुवै मृर्गौला खराव भएपश्चात विगत १ बर्षदेखि पुरानो मेडिकल कलेज चितवनमा उपचाररत हुनुहुन्छ । हालै केशवटारका युवाहरु एकजुट भएर मेगिसरा थापाको मृर्गौला उपचारको लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरिरहनुभएको छ ।














