तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौताराबाट
लागुऔषध गाँजासहित विवेक राउत र सुमन बि.क.लाई पक्राउ गरेको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौताराको सडक छेउको चौतारामा शंकास्पद अवस्थामा बसेको अवस्थामा आईतवार निजहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथमा प्लाष्टिकको पोकामा ३ केजी ६०० ग्राम अवैध लागुऔषध गाँजा भेटिएको थियो । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहूँको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. २६ जलधरे बस्ने उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पश्चात उनिहरुलाई लागुऔषधसहित तनहुँ जिल्ला अदालतबाट लागुऔषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका डि एस् पि एवं जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।













