निवर्तमान सांसद श्रेष्ठद्धारा श्वासप्रश्वासका बिरामीलाई ७० हजारको मेशिन प्रदान

  • ख-
  • ख+

तनहूँ । विघटित प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले चुनाव प्रचारको क्रममा बाचा गर्नुभएको थियो यदि म विजयी भएभने सुविधा लिन्न त्यो तलब सुविधा जनताको काममा लगाउछु , वहाँ विजयी भएपश्चात त्यसै गर्नुभयो, वहाँको चुनावक्षेत्र तनहूँ जिल्ला क्षेत्र नं. १ का विभिन्न स्थानहरुमा रहेका आमासमुह, क्लब, खानेपानी समितिहरु, आर्थिक अभावमा अपचार गर्न नसकेका दिर्घरोगीहरुलाई सकेसम्म घरदैलोमै पुगेर वहाँले सहयोग गर्नुभयो । वहाँका विरोधी पार्टी हुन् वा आफ्नै दलका दौतरीहरु हुन् वहाँको यस कार्यको धेरैले मज्जाले विरोध गरे मज्जाले नाक खुम्च्याए एकदुई महिना देखाउने बाटो गरेका त होलान् नि भनेर तर वहाँको कदम रोकिएन, वहाँले सहयोग जारी राखिराख्नुभयो ।
त्यसैक्रममा प्रतिनिधिसभा बिघटन भयो देश एकातिर चुनावी तयारीमा गएको छ एकातिर आन्दोलनको तयारीमा गइराखेको बेलामा माघ २१ गते मंगलवार तिनै निवर्तमान सांसद किसानले अर्को मानविय सहयोग गर्नुभएको छ भानु नगरपालिका वडा नं. ६ बरभन्ज्याङका श्वासप्रश्वासका बिरामी ४३ वर्षिय तिलबहादुर दुरालाई ७० हजार रुपैयाँ बराबरको अक्सिजन ट्रान्सलेटर मेसिन निःशुल्करुपमा उपलब्ध गराएर ।
उक्त अवसरमा निवर्तमान सांसद किसानले ” आफु पदमा भएपनि नभए पनि जिल्लावासीको सुख दुःखमा साथ दिने र आफु चुनाव हुदा घरदैलो गर्ने चुनाव नहुदा अनुहार देखाउन गारो पर्ने नेता नभएको बताउनुभएको थियो , उक्त अवसरमा वहाँले जनताले बोलाए जनतालाई आवश्यकता भए जतिवेला पनि आफु उपलब्ध हुने ” बताउनुभएको थियो ।

”आफुलाई सारै नै अभाव खट्किरहेको बेला अक्सिजन ट्रान्सलेटर मेसिन निःशुल्करुपमा उपलब्ध गराएर निकै कृष्णकुमार श्रेष्ठ किसानले निकै महान काम गरेको ” श्वासप्रश्वासका बिरामी तिलबहादुर दुराको भनाई रहेको थियो ।
राष्ट्रिय सभाकी सांसद भगवति न्यौपानेले ” जनताको सुखदुखमा साथ दिने नेताको आवश्यकता परिपुर्ति गरेकोमा निवर्तमान सांसद श्रेष्ठ धन्यवादको पात्र भएको ” वहाँले बताउनुभएको थियो ।
अक्सिजन ट्रान्सलेटर मेसिन हस्तान्तरण पश्चात निवर्तमान सांसद श्रेष्ठ तथा राष्ट्रिय सभाकी सांसद न्यौपानेको टोलीले विकास निर्माणका कामहरुको प्रगति अवलोकन गर्नुभएको थियो ।
उक्त अवसरमा नेकपा ( ओली समुह) तनहूँका मुक्ति तिमल्सेना, हरिराज कडेंल, सूर्य बहादुर केसी. लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्