१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय शपथ ग्रहण गरेका छन् ।
सभापति रवि लामिछानेले नवनिर्वाचितहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौ, वनस्थलीमा शपथ गराएका हुन् ।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको आज नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी छ ।















