व्यास नगरपालिकाको १५ हजारको काजु कस्ले कुम्ल्यायो ?

  • ख-
  • ख+

तनहूँ । दमौलीका मिनि मार्केटतिर काजु किन्न जानुभयो भने ४ सय ग्रामको काजुको प्याकेटको मुल्य ६ सय ५० रुपैयाँदेखि ७ सय २० सम्म पर्ने गर्दछ सरदर हिसाब गर्दा १ किलो काजुलाई १५ सय रुपैयासम्म पर्ने देखिन्छ तर हजारौको काजु किन्ने हो भने त्यो मुल्यमा अझै राम्रै डिस्काण्ट नहोला भन्न सकिदैन ।
१११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहूँको व्यास नगरपालिकाद्धारा आयोजित दौड प्रतियोगिताको खर्चमा १५ हजार ९८ रुपैयाको काजु तथा चकलेट खरिद गरेको विल पेश गरिएको छ । त्यस्तो खर्च विवरण देख्दा उक्त प्रतियोगितालाई नजिकबाट नियालेका व्यक्तिहरुले जिब्रो टोकेका छन् ।
ठाँउ ठाँउमा धावकहरुलाई प्रोत्साहन गर्न उपस्थित भएका आमा समुह, टोल विकास संस्थाका पदाधिकारीहरुले फलफुल, चकलेट, जुस, पानीहरु स्वतस्र्फुत रुपमा बाँडेको त देख्न पाईन्थ्यो , धावक बाहेक कसैले चकलेटतिर हात त परै जावोस् आँखामात्र लगाए पनि नगरप्रहरीको खप्की खानुपर्दथ्यो । तर आधा रकम चकलेटटटटट खरिदै गरेपनि आधा रकम अर्थात ७ हजार ५ सयको करिब ५ किलो जति काजु कसरी कतिवेला वितरण गरियो देख्ने सुन्नेहरु नाजवाफ भएका छन् । उक्त प्रतियोगितामा अतिथि र, दर्शकको रुपमा सहभागी व्यक्तिहरुका अनुसार चकलेट त ठाँउ ठाँउमा राखिएको देखिएको थियो शायद काजु देख्न गारै गारै परेको थियो । त्यस्तो परिस्थितिमा काजु र चकलेट खरिद गरेको भनेर १५ हजार बराबरको विल पेश हुनुलाई नगरपालिकामा के सम्म हुदोरहेछ भन्ने सानो कुरा बाहिर छताछुल्ल भएको छ ।
उक्त प्रतियोगितामा सहभागी बाहेक कसैको लागि त काजु खरिद गरिएको थिएन होला ? काजु खरिद गरिएको थियो त किलोका किलो काजु र चकलेट महिला धावकहरुले राम्रै सित खाएको देखिनुपर्ने , उक्त प्रतियोगितामा अतिथिको रुपमा सहभागीका अनुसार सबैले माग्छन् भनेर सहभागी धावकहरुलाई कतै कुनामा लगेर ख्वाईयो कि ? होईन भने त्यत्रो किलोका किलो काजु गयो कहाँ ?
फागुन २४ गते सोमवार आयोजना भएको प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथनमा तनहूँ, कास्की, पर्वत, मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ओखलढुङ्गा, कालीकोटका ५६ धावकले भाग लिनुभएको प्रतियोगिता व्यास गुफा दमौलीबाट शुरु भई २१ किलोमिटर दुरी पार गर्दै व्यास ११ तनहूँसुरमा पुगेर समापन भएको थियो ।


बेतिथि र मनपरी तन्त्रको नमुना बन्दै गरेको व्यास नगरपालिकाभित्र देखिने यस्ता कृयाकलाप १५ हजारको काजु पचाउने काण्ड, अनेकन शिर्षकमा भत्ता पचाउने काण्ड, जनताको आवाज अनुसार होईन कि आफुलाई कसरी फाईदा पुग्छ त्यहि अनुरुप निर्णय गर्ने काण्ड, बालुवा ठेक्कापट्टामा आफैले हात हाल्ने काण्ड, को कसरी नगरप्रमुख को नजिक पर्न सकिन्छ भन्ने काण्ड, बिकास निर्माणका वजेट झ्वाम् पार्न कर्मचारी बिशेष गरेर सचिवहरुलाई महिना महिनामा अदली बदली गर्ने काण्ड, कर्मचारीको योग्यता नै नपुगीकन आफुले चाहेको पदमा पोस्टिगं गर्ने काण्ड र पछिल्लो समय केहि बर्ष अगाडि सर्वदलिय संयन्त्रको निर्णय भन्दै भुमाफियाले हत्याउन नसकेको दमौली बजारमा बचेको एकमात्र खुल्ला भुभागमा बिशेष पार्क बनाउने योजना लगायतका काण्डहरुले व्यास ऋषिको नाममा नामाकरण गरिएको व्यास नगरपालिकाको छवि धुमिल बनाउदै गईरहेको छ र आम मानिसहरुको मनमा प्रश्न उठिरहेको छ पानीदेखि खाजासम्मको विल पेश भईरहदा १५ हजारको काजु कस्ले पचायो ? पक्कै सबै काजु धावकहरुको पेटमा त गएन होला ? त्यत्रो पैसाको चकलेट खानेलाई सुगर भयो होला कि नाई ? त्यत्रो किलो काजु खानेलाई पखाला लाग्यो होला कि नाई ? नगरपालिकाले १५ हजारको काजको बारेमा जवाफ देला कि नाई कि धेरैले प्रतिक्षा गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्