भारतमा कोरोना भाईरसको प्रकोप बढेसगै जिल्लावासीलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय तनहूँद्धारा आग्रह

  • ख-
  • ख+

तनहूँ । छिमेकी मुलुक भारतमा कोभिड १८ कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहूँले तनहूँ जिल्लावासीलाई विज्ञप्ति जारी छ ।
खुल्ला सिमानाका कारण तनहूँ जिल्लामा पनि त्यस महामारीको प्रकोप फैलिन सक्ने भएकोले भिडभाड, मेला, महोत्सव, कन्सर्ट नगर्नका साथै मास्क, सेनिटाईजरहरुको प्रयोग गर्न, सामाजिक दुरी कायम राख्न विज्ञप्तिमा अनुरोध गरिएको छ , उक्त विज्ञप्तिमा रात्रिकालिन समयमा संचालन हुने व्यवसायहरु राति १० बजेपछि संचालन नहुने व्यवस्था मिलाउन पनि व्यवसायीहरुलाई आग्रह गरिएको छ । बिशेष गरि आउदै गरेको पर्व होलीलाई भिडभाड नगरिकन मनाउन पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्