जिताली जेष्ठ नागरिकलाई दमौलीमा सम्मान गरिने

  • ख-
  • ख+

तनहूँ । लम्जुगं जिल्लाको हाल मध्यनेपाल नगरपालिका अन्र्तगत पर्ने जिता देउराली बासिन्दा भई हाल स्वदेश तथा विदेशमा बस्नु हुनेहरुको साझा संस्था ”हाम्रो देउराली कल्याण कोष ‘‘ ले उक्त क्षेत्रबाट बसाई सरी हाल व्यास नगरपालिका क्षेत्रमा बसोवास गर्ने जिताली जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । ”जिता देउराली क्षेत्रबाट बसाई सरि नेपालका विभिन्न स्थानहरुमा रहेका दाजुभाई इष्टमित्रहरु बिच भाईचारा बढाउन भेटघाट गर्न लागिएको र उक्त अवसरमा ८० बर्ष पुग्नुभएका जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको ” उक्त कोषका प्रेम पौडेलले बताउभएको छ ।
” कोषले यसभन्दा अगाडि हाम्रो देउराली पुस्तक प्रकाशन गरिसकेको र उक्त दिन सो पुस्तक वितरण र जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको ” जिता देउरालीबाट व्यास नगरपालिका वडा नंं ३ मा बसोबास गर्ने झलक पौडेलले बताउनुभएको छ । ” चैत्र २१ गते शनिवार बिहान ८ बजे व्यास १० सेवरमा उक्त कार्यक्रम हुने ” पनि वहाँले बताउनुभएको छ ।
छरिएर रहेका जितालीहरुलाई सुख दुःख मा साथ दिने, चिनाजानी बढाउने र सामाजिक कार्यमा अग्रसर गराउने मनसायबाट प्रेरित भई स्थापना भएको ” हाम्रो देउराली कल्याण कोष” को अध्यक्षमा सूर्यकान्त पौडेल हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्