राष्ट्रिय युवा संघ नेपालद्धारा तनहूँमा मास्क तथा सेनिटाईजर हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले राष्ट्रिय युवा संघ नेपाल तनहूँलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण गरेको छ ।
कोरोना भाईरस कोभिड १९ बाट सुरक्षित रहनको लागि हेल्प डेस्क संचालन गरेको युवा संघले आज दमौलीमा नेकपा एमाले तनहूँका युवा नेता अनिल पाण्डे तथां राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मदन तिमल्सेनालाई सेनिटाईजर र मास्क हस्तान्तरण गरेको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटिका सचिव अमित पौडेल र राष्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य बक्स मियाँ लगायतका टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हो । उक्त अवसरमा सामाग्री हस्तान्तरण गर्दै सचिव पौडेलले माहामारीको रुपमा फैलिएको कोभिड १९ बाट जोगिनको लागि सहज होस् भन्ने मनसायले युवा संघ नेपालले हेल्प डेस्क संचालन गरेको र आफु लगायतको टोली देशभर उक्त सामाग्रीहरु उपलब्ध गराउदै हिडेको बताउनुभएको थियो ।
हेल्प डेस्क संचालन गरेर युवा संघ नेपालले राम्रो कार्य गरेको र तनहूँमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मदन तिमल्सेनाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्