तनहूँमा एकैदिन ७७ जना कोरोना संक्रमित थपिए गण्डकी प्रदेशमा थपिए ६९९

  • ख-
  • ख+

तनहूँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ बाहेक अन्य जिल्लामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९७ जनाको नमुना परिक्षण गरिएको थियो ।

नयाँ संक्रमितमा कास्की जिल्लामा सबैभन्दा बढी ४ सय ३० संक्रमित रहनुभएको छ । त्यस्तै गोरखामा १ सय ४ जना, तनहूँमा ७७ जना, स्याङजामा २६ जना, पर्वतमा २२ जना, बागलुङमा २१ जना, लमजुङमा १५ जना, म्याग्दीमा २ जना, मुस्ताङ र नवलपरासी पूर्वमा एक एक जना रहनुभएको छ ।

गएको २४ घण्टामा प्रदेशभरबाट २१४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म १७ हजार ७६४ रहेको छ । हाल प्रदेशमा ५ हजार २०१ कोरोनाका सक्रिय बिरामी हुनुहुन्छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा गरी थप १२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६३ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार २२९ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्