दमौलीका आगलागी पिडितलाई अमेरिकाबाट थापा दम्पत्तिको ५० हजार रुपैया सहयोग

  • ख-
  • ख+

तनहूँ । केहि दिन अगाडि तनहूँको दमौली बजारमा भएको आगलागी पिडितका लागि अमेरिका बस्ने नेपालीले ५० हजार सहयोग गर्नुभएको छ । तेह्थुम जिल्ला घर भई हाल अमेरिकाको न्युयोर्कमा बसोवास गर्ने हेम थापा र उहाँकी श्रीमती माया थापाले उक्त रकम सहयोग गर्नुभएको हो । थापा दम्पत्तिले हेम एन्ड माया फाउन्डेसन मार्फत उपलब्ध गराउनुभएको ५० हजार रुपैया समाजेसेवी लक्ष्मीभक्त खनालले आगलागी भएको क्षेत्र व्यास ४ का वडा अध्यक्ष विश्व न्यौपानेलाई सोमवार हस्तान्तरण गर्नुभएको छ ।
समाजसेवामा बिशेष रुची राख्ने थापा दम्पत्तिले हेम एन्ड माया फाउन्डेसन संचालन गर्नुभएको छ भने उक्त संस्था मार्फत २१ जना असहाय विद्यार्थीको पढाई र बासको ब्यबस्था पनि गरिरहनुभएको छ ।
अमेरिकामा रहेर पनि थापा दम्पत्तिले करोडौ रुपैया नेपालमा विभिन्न सामाजिक कार्यमा सहयोग गरेको समाजसेवी लक्ष्मी भक्त खनालले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?