लालपुर्जाको माग गर्दै भिमाद बजारवासीहरु आन्दोलित

  • ख-
  • ख+

तनहूँ । लामो समयदेखि आफैले उपभोग गर्दै आएको जमिनको लालपुर्जाको माग गर्दे भिमाद बासी आन्दोलित भएका छन् । भिमादमा विभिन्न ब्यक्ति र विद्यालयसँग जमिन खरिद गरेर उपभोग गर्दै आएता पनि दशकौदेखि लालपुर्जा नपाएका पिडित भिमादबासीले राजनितिक खिचातानीको विरोध गर्न आन्दोलित भएका हुन् ।

आन्तरिक विवाद समाधान गरेर लालपुर्जा प्रदान गर्ने सहमतिमा बिक्री भएको जमिन विवाद समाधान नभएकै कारण भिमादका ८ सय ६८ घर धुरी अहिलेसम्म लालपुर्जा पाउनबाट बञ्चित छन् । लामो समयको संघर्षपछि सर्वोच्च अदालतमा विचाराधिन मुद्धा मिल्ने अवस्थामा रहे पनि भिमादका केही ब्यक्तिले अवरोध सिर्जना गर्न खोजेपछि आफुहरु आन्दोलित हुनु परेकोे भिमाद अब्यवस्थित बसोसावी तथा संघर्ष समितिका अध्यक्ष कृष्णलाल विश्वकर्माले बताए । ‘सवै विवाद टुंगिएर मिलापत्र गर्ने तयारीमा छौँ तर विद्यालय ब्यवस्थापन समिति गठन विवादको निहुमा केही ब्यक्तिहरुले उच्च अदालत पोखरामा रिट दर्ता गरेकाले फेरि समस्या आई लाग्यो ।’ विश्वकर्माले भने‘उहाँहरुले रिट फिर्ता लिए आज मिलापत्र हुन्छ अन्यथा फेरी दुईचार बर्षका लागि भिमाद बासीको सपना पुरा हुन सक्दैन ।’ उनका अनुसार विद्यालयमा ब्यवस्थापन समिति गठन नियमसंगत नभएको भन्दै भिमादका दयानिधि पौडेल र चित्रबहादुर रानाले अदालतमा रिट दायर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?