तनहूँ जिल्ला घिरिङ गाउँपालिका वडा नँ १ पुट्टार का २१ बर्षिय युवा मोहन थापा भारतको कानपुरबाट हराउनुभएको छ । २१ बर्षिय थापा भारतको अहमवादबाट नेपाल फर्कदै गर्दा फागुन २१ गतेसम्म कानपुर आईपुगेको र त्यसपछि सम्पर्क विहिन भएको थापाका बुबा जस वहादुर थापाले जानकारी दिनुभएको छ ।
घर आउछु भनेर आएको छोरो नेपाल नजिकै आइृपुगेपछि सम्पर्क विहिन बन्दा परिवार निकै बिचलित हुदै खोजबिन गरिदिन आग्रह गरेको स्थानियवासी एवं नेकपा एमालेका युवा नेता बिष्णुभक्त सिग्देलले बताउनुभएको छ ।
थापा हराएको कानपुर प्रहरीलाई पनि जानकारी दिईसकिएको र थापालाई कतै देख्नु हुने महानुभावहरुले तल उल्लेखित नम्बर खबर गरिदिनुहुन पनि हराईरहेका व्यक्ति मोहनका बुबा जसबहादुर थापाले आग्रह गर्नुभएको छ ।
सम्पर्क नम्वर ९८०७६१८६६८ र ९८०६६८५३१४









