तनहूँ । तनहूँको खैरेनीटारमा बस दुर्घटना भएको छ । पोखराबाट आउदै गरेको बस र पोखरातिर जादै गरेको बस अर्कामा ठोकिदा १५ जना घाईते हुनुभएको छ ।। घाईतेहरु मध्ये ४ जनाको दमौलीको अस्पतालमा र अन्य ११ जनाको जिपी कोईराला स्वास प्रस्वास केन्द्र दुलैगौडामा उपचार भईरहेको जिल्ला टाफिक प्रहरी कार्यालय तनहूँका प्रमुख गोकर्ण नेपालले बताउनुभएको छ । घाईते हरुको अवस्था सामान्य रहेको र छिटो नै डिस्चार्ज हुनसक्ने पनि उहाँको भनाई रहेको छ ।








