बन्दिपुर वडा नं. १ को अध्यक्षमा एमालेका शिव, बसन्त र गोविन्द अधिकारी आकांक्षी

  • ख-
  • ख+

तनहूँ । बन्दिपुर गाँउपालिका वडा नं. १ नेकपा एमालेका आकांक्षीहरुको चर्चा हुन थालेको छ । हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष भानुभक्त पोखरेल रहेको र पोखरेलले गाँउपालिका अध्यक्षमा दावी गरेपछि एमालेले विजयी बन्नसक्ने व्यक्तिलाई उमेदवार बनाउने लक्ष्य लिएको छ । बन्दिपुर गाँउपालिकाको अध्यक्ष त्रिपक्षिय र वडाहरुमा पनि कतै त्रिपक्षिय, कतै द्धिपक्षिय भिडन्त हुनसक्ने आंकलन गरेको एमालेले युवाहरु शिव कुमार श्रेष्ठ र वसन्त पौडेल अनि पुराना त्यागी एमालेका नेता गोविन्द अधिकारी मध्ये एकलाई अगाडि बढाउने लक्ष्य लिएको छ ।
गाँउपालिका अध्यक्षमा दावी गर्नुभएका पोखरेलले कथंकदाचित गाँउपालिकाको अध्यक्षमा टिकट प्राप्ग गर्न नसकेको खण्डमा पुन अध्यक्षमा उठ्न सक्ने सम्भावना रहेकोले युवा माझ राम्रो घुलमिल गर्ने बसन्त पौडेल र अनुभवी र त्यागीको गोविन्द अधिकारी आकांक्षी हुँदाहुदै पनि निर्वाचनमा सजिलै विजयी हुनसक्ने डुम्रे बजारका युवा व्यवसायी, सबै पार्टी पंक्ति र कार्यकर्तामाझ लोकप्रिय शिवकुमार श्रेष्ठलाई अध्यक्षको उमेदवारको रुपमा अगाडि बढाउदा आफ्नो पार्टी विजयी हुनेमा एमाले ढुक्क रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?