व्यास नगरपालिकाको निर्वाचनमा २ मेयर उमेदवार सहित १८ जनाद्धारा उमेदवारी फिर्ता

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको निर्वाचनमा भाग लिन उमेदवारी दर्ता गर्ने १८ जना उमेदवारहरुले उमेदवारी फिर्ता गर्नुभएको छ । उमेदवारी फिर्ता गर्नेहरुमा मेयर पदमा उमेदवार शंकरनारायण श्रेष्ठ नेकपा एस् , बृषराज श्रेष्ठ स्वतन्त्र हुनुहुन्छ भने राप्रपाबाट वडा नं. १ मा उमेदवार बन्नुभएका बालसुर थापा, नेकपा एस् का वडा नं. २ का प्रेमकुमार श्रेष्ठ, विवेकशिल साझाबाट नन्दबहादुर थापा, वडा नं. ३ का स्वतन्त्र उमेदवार रविन पौडेल, नेकपा एस का वडा नं. ५ का उमेदवार रामलाल श्रेष्ठ, व्यास १० का स्वतन्त्र उमेदवार रवि मिश्र, नेकपा (माके)का व्यास ११ का उमेदवार आईतबहादुर दमै रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा नेकपा एस् का सपना श्रेष्ठ व्यास २, जेर्मी कुमार मुल्मी व्यास ३, बिष्णु पराजुली व्यास ३, गजेन्द्र पन्थ व्यास १३, नेकपा ( माके) बाट रामजी पौडेल व्यास ८, रामबहादुर श्रेत्रीव्यास १३, जसपा बाट बुद्धसिं थापा व्यास ३ र स्वतन्त्र उमेदवार व्यास ३ बाट ओमराज श्रेष्ठ रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?