तनहूँ । कांग्रेसको गढ मानिएको व्यास नगरपालिकाको २ र ३ नम्बर वडामा नेपाली कांग्रेसका उमेदवारहरु विजयी बन्नुभएको छ । बजारक्षेत्र रहेको वडा २ नम्बरमा निवर्तमान अध्यक्ष काशिराम श्रेष्ठ र बजारक्षेत्रकै वडा नंं ३ मा अनुप राना विजयी बन्नुभएको बन्नुभएको हो ।
वडा नं. २ मा नेपाली कांग्रेसका उमेदवार काशिराम श्रेष्ठ स्वतन्त्र उमेदवार राजकुमार श्रेष्ठ राकु र वडा नं. ३ मा अनुप रानाले नेकपा एमालेका उमेदवार बलराम श्रेष्ठलाई पराजित गर्नुभएको हो ।








