वडाअध्यक्षका छोरा हड्खलेले गरे गल्बुवेसीचोकमा सडक ग्राभेल

  • ख-
  • ख+

तनहूँ । पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडकखण्डको गल्बुबेसी चोकको भग्नावशेष सडकको प्रकाश हड्खलेले ग्राभेल गर्नुभएको छ । बर्षौदेखि सडकको दुरावस्था देख्दा र कसैले पनि बनाएको देख्दा यो बाटो आफ्नै पहलमा ग्राभेल गर्न लागेको व्यास १ गल्बुबेसी निवासी हड्खलले बताउनु भएको छ । नजिकै म लगायतका धेरै मानिसहरुको पसल छ तनहूँको प्रसिद्ध तिर्थस्थल छाब्दि बाराही जाने मुख्य मार्ग बर्षौदेखि भग्नावशेष छ , पृथ्वी राजमार्गमा गुड्ने गाडीहरुलाई पनि सारै नै गारो भईरहेको छ, हाम्रै आँखा अगाडि थुप्रै दुर्घटनाहरु भएका छन् , पैदलयात्रीलाई धुलोले हैरान पारेको छ , ग्राभेलको नाममा हालिएका ढुगां उछिट्एर लागेको छ सधै कति हेर्ने यस्तो अवस्था भनेर पिचै गर्न नसकेपनि अलि बलियो किसिमबाट ग्राभेल गरिदिउँ भनेर लागेको छु । बाटो मर्मतको निरिक्षण गरिरहनुभएका हड्खलेको भनाई छ ।

गल्बुवेसी चोकको भत्केको पृथ्वी राजमार्ग अन्तर्गतको सडक ग्रावेल गरेर सुधार गराउने प्रकाश हड्खले व्यास नगरपालिका वडा नं. १ का नवनिर्वाचित अध्यक्ष रमेशचन्द्र हड्खलेको छोरा हुनुहुन्छ । पृथ्वी राजमार्गको उक्त स्थानमा सडक बर्षौदेखि सडकको दुरावस्था हुदाँ पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?